काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टीको चीन भ्रमणमा राज्यकोषबाट कुनै खर्च नहुने बताएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आइतबारदेखि १० दिने चीन भ्रमणमा जान लागेको रास्वपाको २० सदस्यीय टोलीको सम्पूर्ण खर्च चीनले नै व्यहोर्ने उनले स्पष्ट पारे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले भ्रमणका लागि नेपालको सरकारी