तीन एजेन्डा बोकेर १० दिने भ्रमणमा चीन प्रस्थान गर्‍यो रास्वपाको २० सदस्यीय टोली

  • आइबार​ ३० कात्िक २०८३ ०६:२२ AM
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय प्रतिनिधिमण्डल १० दिने औपचारिक भ्रमणका लागि आइतबार चीन प्रस्थान गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन जान लागेको प्रतिनिधिमण्डलले दुई देशबीचको राजनीतिक सम्बन्ध विस्तारसँगै विपद् व्यवस्थापन र आर्थिक सहकार्यका विषयमा छलफल गर्ने भएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै