बिरालो र खरायोको खानाभित्र लुकाएर ल्याइएको साढे ५ किलो हेरोइनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

  • आइबार​ ३० कात्िक २०८३ ०७:१३ AM
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड रुपैयाँ मूल्य बराबरको साढे ५ किलो सेतो हेरोइन बरामद गरेको छ। थाइल्यान्डबाट काठमाडौं ल्याइएको उक्त लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार शनिबार बिहान शङ्का लागेर गरिएको जाँचका क्रममा भारतीय नागरिकको लगेजबाट सेतो हेरोइन बरामद भएको हो। पक्राउ पर्नेमा भारतको महाराष्ट्र