विद्यार्थी उत्तीर्ण दर ९ प्रतिशतबाट बढेर ७५ प्रतिशत पुग्यो

  • आइबार​ ३० कात्िक २०८३ १२:०० PM
तानसेन : तीन वर्षअघि कक्षा ८, १० र १२ मा न्यून उत्तीर्ण दरका कारण शैक्षिक उपलब्धिमा पछाडि देखिएको पाल्पाको रिब्दीकोट गाउँपालिकाले छोटो अवधिमै उल्लेखनीय सुधार गरेको छ। गाउँपालिकाको निरन्तर लगानी, विद्यालयको शैक्षिक वातावरणमा सुधार, शिक्षक प्रोत्साहन र विद्यार्थीको सिकाइ उपलब्धिमा केन्द्रित कार्यक्रमका कारण तीनवटै तहको उत्तीर्ण दरमा उल्लेखनीय वृद्धि भएको हो।२०८० सालमा कक्षा ८ मा ९ प्रतिशत, माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० मा २१ प्रतिशत र कक्षा १२ मा ४२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका