अस्वस्थ जीवनशैलीले निम्त्याउँदै पेटका रोग

  • आइबार​ ३० कात्िक २०८३ १२:०० PM
पेट दुख्यो, अमिलो डकार आयो वा छाती पोल्यो भने धेरैको पहिलो प्रतिक्रिया हुन्छ– ‘ग्यासट्राइटिस होला, ठीक भइहाल्छ।’ कसैले घरमै घरेलु उपचार गर्छन्। कसैले मेडिकलबाट किनेर औषधि सेवन गर्छन्। केही समयपछि दुखाइ कम हुन्छ र उनीहरू आफ्नो नियमित दिनचर्यामा फर्किन्छन्। तर, यही सामान्य ठानेर बेवास्ता गरिएको समस्या कतिपय अवस्थामा गम्भीर रोगको संकेत हुन सक्ने डा. देवबहादुर (डीबी) रोका बताउँछन्। अस्वस्थ खानपान, मानसिक तनाव, दुखाइ कम गर्ने औषधिको जथाभावी सेवनले पेटसम्बन्धी समस्या बढ्दै गएको