विराटनगर : शरीरलाई भुइँमा टेकाउँदै,उठ्दै र फेरि दण्डवत् गर्दै पाँच किलोमिटरभन्दा लामो दूरी पार गर्नु सहज काम होइन । शारीरिक कठिनाइभन्दा माथि उठेर आस्थालाई संकल्प बनाएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले भने यो अभ्यासलाई २९ वर्षदेखि निरन्तरता दिँदै आएका छन् । छठ पर्वको अवसरमा आइतबार बिहान विराटनगर–३ ठूलोमिल चोकस्थित राधाकृष्ण शिव पाञ्चायन मन्दिरबाट पराजुलीले यस वर्षको दण्ड प्रणाम यात्रा सुरु गरे । दण्डवत् गर्दै अघि बढ्ने उनको यात्रा विराटनगर&ndash