सीमावर्ती मेची नदी छठमय

  • आइबार​ ३० कात्िक २०८३ ११:०० AM
झापा : सीमावर्ती मेची नदी किनारसहित झापाका विभिन्न नदी तथा खोला किनारमा छठ पर्वको तयारी पूरा भएको छ। आइतबार बेलुका अस्ताउँदो र त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर मनाइने तराईवासीको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठका लागि झापाका नदी किनारहरू बेहुलीझैं सिँगारिएका छन्।छठ पर्वको अवसरमा मेची, कनकाई, माई, निन्दा, हडिया, अदुवा, देउनियाँ, बिरीङ, मावा र कमललगायतका नदी तथा खोलाका किनारमा व्रतालुका लागि घाट निर्माण, सरसफाइ, विद्युत् बत्ती जडान, पण्डाल निर्माण तथा सजावटका काम सम्पन्न भएक