बर्दिबास कसैका लागि पर्व खुसी बोकेर आउँछ। घरआँगनमा उल्लास छाउँछ। परिवारसँग भेटघाट हुुन्छ। मीठोमसिनो खाने, नयाँ लुगा लगाउने र दुःख पीडा बिर्सेर रमाउने समय हो पर्व। तर, महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडा टोकीटोलका ३५ वर्षीय राजेश कार्कीको जीवनमा यसपटकको पर्व खुसीभन्दा ठूलो पीडा बनेर आयो।लक्ष्मीपूजाको दिन थियो। त्यही दिन राजेश गाउँमै लडेर गम्भीर घाइते भए। पर्वको उल्लासमा रमाउनुपर्ने परिवार एकाएक अस्पतालको शय्या, औषधि र उपचार खर्चको चिन्तामा डुब्यो। प्रधानमन्त्रीको गृहजिल्ला महोत्तरीकै