काठमाडौं । नेपालको जनकपुरधामदेखि भारतको अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन हुने भएको छ । भारतीय रेल मन्त्रालयले जनकपुरधामदेखि अयोध्यासम्म रेल चलाउन स्वीकृति दिएको हो । धार्मिक पर्यटन बढाउने, दुई देशबीचको सम्बन्ध बलियो बनाउने र यात्रालाई सहज बनाउने उद्देश्यले यो सेवा सञ्चालन गर्न लागिएको हो । यो रेलले जनकपुरधामदेखि अयोध्यासम्म ६०४ किलोमिटर दूरी तय गर्नेछ ।