२४ घण्टामा ५५७ जना चालक ट्राफिक कारबाहीमा

  • आइबार​ ३० कात्िक २०८३ ०३:३९ AM
काठमाडौं : ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५५७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७२, सिसिटिभिमार्फत २७, रातोबत्तीमा ५३ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १६६, हर्न निषेधमा १२, अवस्था ठिक नभएको १२ जना एकतर्फि २ जना र अन्यमा २१४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । The post २४ घण्टामा ५५७ जना चालक ट्राफिक कारबाहीमा appeared first on Kalika Khabar.