रसुवा : रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित खाल्टेमा रहेका भूकम्प विस्थापितहरू बाढीका कारण पुनः विस्थापित भएपछि अहिले चिसोका कारण समस्यामा परेका छन्।आफूसमेत ७७ परिवार विस्थापित भएर विदुर नगरपालिका–५ पिपलटारस्थित कोदोबारी होल्डिङ सेन्टरमा टेन्ट र टिनका छाप्रामा बसिरहेको उत्तरगया गाउँपालिका–१ का वडा सदस्य बुटी तामाङले बताउनुभयो। उहाँका अनुसार उक्त स्थानमा १०४ पुरुष, ९९ महिला र ७० बालबालिका गरी कुल २७३ जना बसोबास गरिरहेका छन्।खाल्टेमा बस्दै आएका ६१ जना बेपत्ता भएको र मृतक तथा