छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछ: मुख्यमन्त्री आचार्य

  • आइबार​ ३० कात्िक २०८३ १०:०० AM
अर्घाखाँची: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य–मान्यतालाई सुदृढ बनाउँदै समृद्धिको साझा लक्ष्यमा अघि बढ्न सबैलाई आग्रह गरेका छन्।छठ पर्व-२०८३ को अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले मुलुकले सामना गरिरहेका राजनीतिक, सामाजिक तथा आर्थिक चुनौतीको समाधान आपसी संवाद, सहकार्य र साझा समझदारीबाट मात्र सम्भव हुने बताएका छन्।मुख्यमन्त्री आचार्यले छठ पर्वले प्रकृति र मानवबीचको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै समाजमा समानता, सद्भ