मुख्य पूजा सामग्री जुटाउनमा व्यस्त व्रतालुहरू

  • आइबार​ ३० कात्िक २०८३ १०:०० AM
महोत्तरी : मधेसकै सबैभन्दा निष्ठा अनि श्रद्धापूर्वक मनाइने छठ पर्वको मुख्य पूजाको तयारीमा व्रतालुहरू जुटेका छन्। शनिबार राति खरना मनाएका व्रतालु अब मुख्य पूजा सामग्री जुटाउनमा व्यस्त देखिन्छन्।आइतबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिनका लागि छठघाटदेखि फूलप्रसादको बन्दोबस्तमा पर्व हुने घरका सपरिवार नै जुटेको देखिन्छ। एकसाथ जलाशयको किनारमा बनाइएको घाटमा अस्ताउँदो सूर्यलाई सन्ध्या अघ्र्य दिनका लागि घरमै ठेकुवा, भुसुवा र मिठाई बनाउन आवश्यक सामानको तयारीमा उनीहरू जुटेका हुन्। त्यस्तै, उखु, केराक