एजेन्सी । अस्ट्रेलियाका प्रख्यात अर्थशास्त्री पिटर ड्राइस्डेलले एशिया–प्रशान्त क्षेत्र विश्वका अन्य भागका लागि उदाहरणीय र प्रेरणाको स्रोत बन्नुपर्ने बताएका छन् । उनले विश्व अर्थतन्त्रमा यस क्षेत्रको भूमिका निरन्तर बढ्दै गएको उल्लेख गर्दै आपसी सहकार्य, आर्थिक अन्तरनिर्भरता र खुलापनलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । अस्ट्रेलियाको क्यानबेरामा चिनियाँ समाचार संस्था सिन्ह्वासँग हालैको अन्तर्वार्तामा अस्ट्रेलियन नेसनल