अस्ट्रेलियाका जलवायु मन्त्रीसँग कृषिमन्त्री चौधरीको भेट, हिमाली र महासागरका मुद्दालाई प्राथमिकता दिन आग्रह

  • आइबार​ ३० कात्िक २०८३ ०३:२६ AM
टर्कीको अन्टाल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व १४ नोभेम्बरदेखि कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सम्हालेकी छन् । नेतृत्व सम्हालेसँगै उनले नेपालको जलवायु प्राथमिकताका विषयलाई अघि बढाउने क्रममा अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जा मन्त्री क्रिस बोवेनसँग औपचारिक भेटवार्ता गरिन् । भेटका क्रममा मन्त्री चौधरीले महासागरसम्बन्धी