क्रोएसियामा आयोजित प्रथम 'एसएसपी गोल्डकप' को उपाधी इस्ट नेपाललाई

  • आइबार​ ३० कात्िक २०८३ ०९:०० AM
ओखलढुंगा :  क्रोएसियाको राजधानी जाग्रेबमा आयोजित प्रथम 'एसएसपी गोल्डकप २०२६' फुटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि इस्ट नेपालले जितेको छ।दीपावलीको अवसरमा श्रम संस्कृति पार्टी प्रवास समिति क्रोएसियाले आयोजना गरेको प्रतियोगिताको फाइनलमा झापा एफसीलाई पछि पार्दै इस्ट नेपाल च्याम्पियन बनेको हो। उपाधिसँगै इस्ट नेपालले नगद ३ लाख ७० हजार ६ सय रुपैयाँ हात पारेको छ भने उपविजेता झापा एफसीले १ लाख ९४ हजार रुपैयाँमा चित्त बुझाएको छ।जाग्रेबस्थित एनके क्रोएसिया ९८ को खेलमैदानमा भएको मैत्रीपूर्ण प्