प्रकृति र मानव सम्बन्धको प्रतीक छठ

  • आइबार​ ३० कात्िक २०८३ ०८:०० AM
यस लोकमा प्रकृतिको सबैभन्दा शक्तिशाली छैटौं अंशका रूपमा पुजिने देवी ‘छठी’ हुन्। यसलाई प्रकृतिको छैटौं विकास पनि भनिन्छ। संसारको कुनै पनि मानव समाज मूलतः मातृप्रधान हुन्छ। उदाहरणका लागि, संसारमा जति पनि वेद–पुराणका रचयिता छन् ती पुरुष होलान्, तर समग्र मानव जातिकै जन्मदाता स्त्री हुन्। त्यसैले मातृसत्ताको मान र मर्यादालाई प्रधानता दिन छठ पर्वको सुरुवात भएको मानिन्छ।छठ पर्व लोक, पुराण र वेदभन्दा पनि माथि उठेर पशुपन्छी, बोटबिरुवा र समग्र प्रकृतिको पर्व हो। यो केवल एक धार्मिक अनुष्ठ