आज छठ, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

  • आइबार​ ३० कात्िक २०८३ ०१:३४ AM
काठमाण्डु – लोकआस्थाको महापर्व छठअन्तर्गत आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। कात्तिक शुक्ल षष्ठीका दिन मनाइने यस पर्वका व्रतालु शनिबार राति खरना विधि सम्पन्न गरेसँगै निराहार व्रतमा छन्। चार दिनसम्म मनाइने छठ पर्व गत शुक्रबार कात्तिक शुक्ल चतुर्थीका दिन नहाय–खाय विधिबाट सुरु भएको हो। कात्तिक शुक्ल पञ्चमीका दिन दिनभर उपवास बसेर राति सख्खरमा पकाइएको खिर