नवलपुर । वैदेशिक रोजगारीका क्रममा करिब १५ वर्ष साउदी अरबमा बसेर फर्किएपछि नवलपुरको मध्यविन्दु–३ ब्रम्हस्थानका नन्दे गुरुङ बङ्गुरपालनमा जुटेका छन् । अरुको देशमा श्रम पसिना बगाउनुभन्दा आफ्नै मुलुकमा केही गर्नुपर्छ भन्ने सोचले नेपाल फर्किएर बङ्गुरपालनमा जुटेको ५९ वर्षीय गुरुङ बताउँछन् । “आठ वर्ष अगाडि फेरि नजाने गरी साउदीबाट घरमा आएँ”, गुरुङले भने, “घर फर्किएपछि विभिन्न