आईपीएलका पूर्व अध्यक्ष ललित मोदीले पाए बेलायती नागरिकता

  • आइबार​ ३० कात्िक २०८३ ०४:०० AM
काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) का संस्थापक तथा पूर्व अध्यक्ष ललित मोदीले बेलायती नागरिकता प्राप्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले बेलायती नागरिकता पाएको जानकारी दिँदै खुसी व्यक्त गरेका छन् ।भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले शनिबार अक्सफोर्ड युनिभर्सिटीमा आयोजित कार्यक्रममा आफूले बेलायती नागरिकता प्राप्त गरेको खुलासा गरेका हुन् । उनले गत सेप्टेम्बर १५ मै नागरिकता पाएको बताएका छन् ।मोदीले बेलायती नागरिक बन्नुलाई सम्मान र जिम्मेवारीको विषय भन्दै गर्व, कृतज्ञता र आत्मीयताका स