१८ मुस्लिम देशद्वारा इजरायली आक्रमणको कडा निन्दा

  • शनिबार २९ कात्िक २०८३ ११:०० PM
काठमाडौँ : गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणको पाकिस्तानसहित १८ मुस्लिम देशले कडा निन्दा गरेका छन् ।शनिबार कतारको विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको संयुक्त विज्ञप्तिमा ती देशले आक्रमणको विरोध गर्दै यसलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भनेका छन् । बीबीसीका अनुसार विज्ञप्तिमा १८ देशका विदेशमन्त्रीले हस्ताक्षर गरेका छन् ।संयुक्त विज्ञप्तिमा कतार, जोर्डन, संयुक्त अरब इमिरेट्स (युएई), इन्डोनेसिया, पाकिस्तान, टर्की