काठमाडौं : काठमाडौंमा पाँचौँ अन्तर्राष्ट्रिय सुनाखरी गोष्ठी तथा पहिलो सुनाखरी प्रदर्शनी आयोजना हुने भएको छ। नेपालको समृद्ध सुनाखरी जैविक विविधतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने र यसको संरक्षण, वैज्ञानिक अनुसन्धान तथा व्यावसायिक प्रवर्द्धनलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी नोभेम्बर १८ देखि २० सम्म काठमाडौंको बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा गोष्ठी तथा प्रदर्शनी आयोजना गरिँदै छ। अन्तर्राष्ट्रिय बागवानी विज्ञान समाज, अन्नपूर्ण रिसर्च सेन्टर र त्रिभुवन विश्वव