नुवाकोट : नेपाली कांग्रेस (देउवा पक्ष) का नेता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले गगन थापाकै कारण गत चुनावमा कांग्रेसको सिट संख्या खुम्चिएको बताएका छन्।शनिबार नुवाकोट क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै महतले पार्टीको मर्म र भावना नबुझ्नेहरूका कारण चुनावमा कांग्रेस कमजोर भएको उल्लेख गरे। कांग्रेसको विशेष महाधिवेशनबाट आएका सभापति थापाप्रति लक्षित गर्दै उनले प्रतिनिधि सभामा सिट सीमित हुन पुग्नु दुर्भाग्यपूर्ण रहेको बताए। ‘शेरबहादुर देउवाको नेतृत्वमा चुनावमा गएको भए पार्टील