भक्तपुर – नेपालबाट चोरी भई विभिन्न विश्वका देश पुगेका धार्मिक तथा सांस्कृतिक सम्पदा स्वदेश फर्काउने अभियानलाई सशक्त बनाउन भक्तपुरमा शनिबारदेखि ‘मलाई घर फर्काऊ’ महोत्सव सुरु भएको छ । सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा नमूना फाउन्डेसन भक्तपुरले कमलविनायकस्थित भोकेसनल एकेडेमीमा आयोजना गरेको महोत्सवको विभिन्न सात देशका राजदूत तथा कूटनीतिक प्रतिनिधिले अवलोकन गरेका छन्