नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको तादीखोलामा शनिबार बेलुकी एक बालक मृत अवस्थामा फेला परेका छन्।उनी शुक्रबारदेखि घरबाट हराइरहेका थिए। पञ्चकन्या गाउँपालिका–२, बेसीकठेरीस्थित तादीखोलामा ५ वर्षीय सज्जल राई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। शुक्रबार बेलुकी ४ बजेदेखि हराइरहेका राईको शव फेला परेपछि विशेष रूपमा अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए ।राईको शव घरदेखि चार सय मिटर तल फेला परेको हो। उनी स्थानीय नवबिहानी बाल विका