काठमाण्डु – काठमाण्डु महानगरपालिकाले सांस्कृतिक सम्पदाको चोरी, क्षति तथा अवैध ओसारपसार नियन्त्रण गरी हराएका प्राचीन वस्तु फिर्ता ल्याउन नमुना फाउन्डेसनसँग सहकार्य थालेको छ । सम्पदाको पहिचान, अभिलेखीकरण, संरक्षण तथा चोरी भएका वस्तुको पुन:प्राप्तिका लागि महानगरपालिकाले फाउन्डेसनसँग समझदारी गरेको हो । महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलले समुदायको क्षमता विकास र चेतना अभिवृद्धिमार्फत काठमाण्डुको सांस्कृतिक पहिचान जोगाउने