जनकपुरधाम : नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने भएको छ। शनिबार एक आधिकारिक विज्ञप्ति जारी गर्दै भारतीय रेल मन्त्रालयले दुई देशबीचको सीमापार सम्पर्क सञ्जाल, धार्मिक पर्यटन र द्विपक्षीय मित्रतालाई थप सुदृढ बनाउने उद्देश्यका साथ नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको जनाएको छ। रामायणकालीन परम्परा र ऐतिहासिक आस्थासँग गहिरो रूपमा जोडिएका दुई प्रमुख धार्मिक स्थलहरू—माता सीताको जन्मभूमि जनकपुरधाम र प्रभु श्रीरामको जन्मभू