वीरगञ्ज – जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले छठ पर्वलाई भव्य, सभ्य, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न अपिल गरेको छ । प्रमुख जिल्ला अधिकार (सीडीओ) भोला दाहालले शनिबार आस्था, विश्वास र सद्भावको महान् पर्व छठको अवसरमा शुभकामना व्यक्त गर्दै छठ पर्वको समयमा आगलागी तथा अन्य मानवीय एवं भौतिक क्षति हुन नदिन सबैमा अपिल गरेका हुन्