काठमाडौं : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत गरी नयाँ सरकार गठनका लागि आह्वान गरिएको जानकारी दिएको हो। प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत कृष्ण ठाकुरले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री यादवले पेस गरेको राजीनामा स्वीकृत गरिएको हो ।संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म वर