काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)तेस्रो संस्करणको २६ औं खेलमा लुम्बिनी लायन्सविरुद्ध अर्धशतक पूरा गरेका छन्। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरिरहेको विराटनगर किंग्सका लागि चारिथ आशलंकाले अर्धशतक बनाएका हुन्। आशलंकाले ३५ रनमा क्याच मिसको रुपमा जीवनदान पाए। उनको क्याच रुबेन ट्रम्पलमेनले चोभर इन्डमा क्याच मिस गरेका थिए। ४७ रन बनाउँदा उनले अर्को जीवनदान पाए। किशोर महतोको बलमा आशिफ शेखले क्याच मिस गरेका थिए। चारिथ आशलंकाले ३९ बलमा १ चौका र ५ छक्कासहति अर्धशतक पूरा गरेका हुन्