दोलखा : नेपाली कांग्रेस देउवा पक्षका नेता डा. शशांक कोइरालाले पार्टीभित्रको विवाद र नेतृत्वप्रतिको आलोचनाले कसैको राजनीतिक उचाइ नबढ्ने बताएका छन्।शनिबार दोलखा सदरमुकाम चरिकोटमा आयोजित पार्टीको १५औँ नियमित जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले गगन थापाको नाम नलिई कसैको आलोचना गरेर आफ्नो उचाइ बढाउन खोज्नुको अर्थ नरहेको बताए। आलोचनाभन्दा संगठन निर्माण र पार्टीलाई बलियो बनाउने काममा लाग्न उनले आग्रह गरे।सम्बोधनका क्रममा कोइरालाले आफूहरू नै आधिकारिक नेपाली कांग्रेस भएको दाबीसमेत गरे। पार्टी