काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १६७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतीमा १६६ रन बनाएको हो। विराटनगर किंग्सका लागि चारिथ आशलंकाले ६४ रनको अर्धशतकीय पारी खेलेका हुन्। उनले ४३ बलमा १ चौका र ६ छक्का प्रहार गरे। उनले दोस्रो विकेटको लागि शुभम रञ्जानेसँग ७५ रनको साझेदारी गरे। विराटनगर किंग्सले पहिलो विकेटको रुपमा लोकेश बमको विकेट ग