छठ पर्वमा उखु बेच्न व्यस्त सिरहाका किसान

  • शनिबार २९ कात्िक २०८३ १२:१८ PM
सिरहा – आस्थाको महापर्व छठ नजिकिएसँगै सिरहाका बजार तथा सडक किनारमा उखु बेच्ने किसानहरूको चहलपहल बढेको छ ।  छठपर्वका लागि उखु किन्न उपभोक्ताहरू बजार पुग्न थालेपछि किसानहरू बिक्री गर्न व्यस्त देखिएका छन् । सिरहाको गोलबजारसहित जिल्लाका विभिन्न बजार तथा मुख्य चोकमा किसानहरूले सडक किनारमै उखु राखेर बिक्री गरिरहेका छन् । छठपर्वमा अस्ताउँदो र उदाउँदो सूर्यदेवलाई