जापानसँग ब्राजिल स्तब्ध, इन्जुरी समयमा गोल गर्दै समुराई ब्लूले जिताए

  • शनिबार २९ कात्िक २०८३ १२:३७ PM
सिंगापुर‍ – जापानले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिललाई ३–२ ले पराजित गरेको छ। सिंगापुरको नेशनल स्टेडियममा शनिबार भएको खेलमा ताकुया साकामोटोले इन्जुरी समयको पहिलो मिनेटमा निर्णायक गोल गरे। पहिलो हाफमा टेकुफुसा कुबो र केइतो नाकामुराले गोल गरेपछि जापानले २–० को अग्रता लिएको थियो। दोस्रो हाफमा भिनिसियस जुनियरले दुई गोल गर्दै ब्राजिललाई खेलमा फर्काए र स्कोर २–२