काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि विवाद र समस्या नरहेको बताएका छन्।शनिबार जनकपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सभापति लामिछानेले कहिलेकाहीँ सरकारलाई केही सल्लाह, सुझाव र आलोचना गर्दा निकै ठूलो हल्लाखल्ला हुने गरेको उल्लेख गरे। हल्लामा विश्वास नगर्न आग्रह गर्दै उनले सरकार आफैँले गरेको बाचा पूरा गर्ने काममा तल्लीन भएर लागीपरेको बताए। सभापति लामिछानेले रास्वपाले आफ्नै सरकारलाई दिएको सल्लाह, सुझाव र आलोचना फुटको सङ्केत नभई