काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर जबराले सुशासनको नारा लिएर आएको सरकारले सबैभन्दा पहिले प्रधानमन्त्री कार्यालय र आफ्ना सल्लाहकारहरूको जवाफदेहिता सुनिश्चित गर्नुपर्ने बताएका छन्। बिचौलिया आरोपमा अनुसन्धानका लागि बरामद गरिएको इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निवासमा पुगेको प्रसङ्गमा उनले यस्तो बताएका हुन्। यस प्रकरणमा प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनदेखि निवर्तमान