काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर आफ्नै उम्मेदवारलाई मत नदिने र पार्टीविरुद्ध गतिविधि गर्ने नेता-कार्यकर्तामाथि कारबाही गर्न निर्देशन दिएका छन्। एमाले बागमती प्रदेश सङ्गठन कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीको सदस्यता कायम राखेर अन्य दलका उम्मेदवारलाई मत दिनु बेइमानी भएको टिप्पणी गरे। ‘पार्टी बदल्दिनँ, भोट बदल्छु भन्ने बेइमान कुरा एमाले भएर सुहाउँदैन,’