काठमाण्डु– नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किङ्सले ८.४ ओभरमा एक विकेट गुमाएर ५९ रन बनाएको छ। कीर्तिपुरमा जारी यस खेलमा टस जितेर लुम्बिनीले पहिले बलिङ रोजेको थियो। लोकेश बम १७ बलमा १५ रन बनाएर किशोर महतोको बलमा आउट भए। इमरान शेख २३ बलमा २० र चरिथ असलंका १२ बलमा १४ रनसहित क्रिजमा छन्। विराटनगरले