मधेशमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखले दिए मंसिर ४ सम्मको समय

  • शनिबार २९ कात्िक २०८३ १२:०६ PM
जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नरहेको निष्कर्षसहित शनिबार पदबाट राजीनामा दिएका छन्। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले उनको राजीनामा स्वीकृत गरेसँगै शनिबार नै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका छन्। प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने