सर्वोच्च अदालत बिक्ने संस्था होइन, निष्पक्ष न्याय दिनेछः देउवा

  • शनिबार २९ कात्िक २०८३ ११:३२ AM
काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट आफूहरूले निष्पक्ष न्याय पाउने विश्वास व्यक्त गरेका छन् । शनिवार ललितपुरमा आफू पक्षीय नेपाली काँग्रेसको जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै देउवाले सर्वोच्च अदालत कुनैपनि प्रलोभनमा बिक्ने संस्था नभएको बताएका हुन् । उनले अदालतले निष्पक्ष न्याय दिने विश्वास व्यक्त गर्दै आफूहरूमाथि अन्याय नहुने जिकिर गरे ।