बलात्कार आरोपमा २२ वर्षीय युवक पक्राउ

  • शनिबार २९ कात्िक २०८३ ११:५९ AM
काठमाडौं । बाँकेमा १७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका–२, पिपल चौताराका २२ वर्षीय हेमन्त परियार रहेका छन् । प्रहरीका अनुसार परियारलाई शुक्रबार साँझ पक्राउ गरिएको हो । ती बालिकामाथि बलात्कार गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ