आन्दोलन र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउँछौं : एमाले अध्यक्ष ओली

  • शनिबार २९ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आन्दोलन र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउने बताएका छन्।शनिबार पार्टी कार्यालय च्यासलमा बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारका गलत कामलाई रोकेर जनतामाझ जानुपर्ने आवश्यकता रहेको बताए। 'एमाले सिद्धियो' भन्ने कुरालाई गलत प्रमाणित गर्न आन्दोलन र निर्वाचनमार्फत देखाउनुपर्ने उनको भनाइ छ।उनले देशको सबैभन्दा सही विचार बोकेको, सङ्गठित, प्रभावशाली, कर्मठ र उज्यालो भविष्य भएको पार्टी एमालेमात्रै भएको उल्