काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको लिग चरणको २६ औं खेलमा लुम्बिनी लायन्सले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ। त्रिवि क्रिकेट स्टेडियममा लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन्। विराटनगर किंग्सले टस हारेर पहिलो इनिङ्समा ब्याटिङ गर्ने छ। लुम्बिनी लायन्स एक खेल अगावै प्लेअफ प्रवेश गरिसकेको छ। विराटनगरलाई भने यो खेल जितेमा काठमाडौं गोर्खाज र चितवन राइनोजको खेल कुर्नुपर्ने हुन्छ। लुम्बिनी लायन्सले ६ खेलमा ४ जित