बर्दियामा मिनीफोर्स गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु, १५ घाइते

  • शनिबार २९ कात्िक २०८३ ०५:०० PM
गुलरिया : बर्दियामा मिनीफोर्स गाडी र भारतीय नम्बर प्लेटको मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १५ जना घाइते भएका छन् ।गुलरियाबाट नेपालगञ्जतर्फ गइरहेको बा ५ ख ५६०५ नम्बरको मिनीफोर्स गाडी र विपरीत दिशाबाट आइरहेको सीएच ०१ सीएच ९४३७ नम्बरको भारतीय मोटरसाइकल गुलरिया नगरपालिका–११, लालपुरस्थित हुलाकी सडक खण्डमा एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए ।क्रसिङका क्रममा फोर्स गाडी तीव्र गतिमा रहेका क