नुवाकोट : दुप्चेश्वर गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार सदरमुकाम विदुरदेखि करिब ५० किलोमिटर पूर्वमा पर्ने दुप्चेश्वर गाउँपालिका–६, नौबिसेस्थित गोल्फुभञ्ज्याङ–ढिकुरे सडकखण्डमा मोटरसाइकल दुर्घटना भएको हो।दुप्चेश्वरबाट सातबिसेतर्फ जाँदै गरेको बा ५२ प १३०४ नम्बरको मोटरसाइकल सडकमा हिँडिरहेको कुकुरसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक पञ्चकन्या गाउँपालिका–४ निवासी ५५ वर्षीय भैरव कार्क