मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदबाट राजीनामा

  • शनिबार २९ कात्िक २०८३ ०९:१८ AM
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नरहेपछि आज पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत पाउने अवस्था कमजोर बनेको