काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भई स्वदेश फर्किएका छन् । उनी टर्कीएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० तारिख (कात्तिक २३ देखि मङ्सिर ४) सम्म आयोजना भएको सम्मेलनमा सहभागी हुन गत साता नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्ताल्या प्रस्थान गरेकामा आज स्वदेश फर्किएको हुन् ।