जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । उनले शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । मुख्यमन्त्री यादवले प्रदेशसभामा सरकार सञ्चालन गर्न आवश्यक राजनीतिक समर्थन जुटाउन कठिन भएपछि राजीनामा दिने निर्णय गरेको बताए । प्रदेशसभाको अंकगणित मिलाउन लागिरहनुभन्दा प्रदेशमा स्थिर सरकार निर्माण गर्न र राजनीतिक समस्याको समाधान