३३ वर्षअघि तयार गरिएको एउटा अटोग्राफ पुराना कागज राखिएको बोरामा अचानक भेटिँदा मन सिमलको भुवाजस्तै फुरुंग भयो। विद्यालय जीवनमा तयार गरेको त्यो अटोग्राफ विद्यालय छाडेको केही वर्षपछि नै हराएको थियो। लामो समयपछि फेला परेको अटोग्राफले विगतका यादहरूलाई एकपछि अर्को गर्दै फिल्मको रिलजस्तै फनफनी घुमायो।धुलो, मैलो र मकिनै लागेको अटोग्राफलाई बडो जतनका साथ खोलें। २०५० सालतिर बनाएको अटोग्राफको पहिलो पन्नामै एउटा गीत लेखेको रहेछु– ‘मान्छेहरू फूलको थुँगाभन्दा रहेछन् उनलाई, उनको रूप देखेपछि भुल