एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको विभिन्न कारबाहीमा कम्तीमा ४३ जना लडाकु मारिएको पाकिस्तानी सेनाले जनाएको छ । सेनाकाअनुसार पछिल्लो ४८ घण्टामा मिर अली र ओरकजाई जिल्लामा गुप्तचर सूचनाका आधारमा विशेष सुरक्षा कारबाही सञ्चालन गरिएको थियो । पाकिस्तानी सेनाको सञ्चार विभाग इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले शुक्रवार जारी गरेको